पूर्व राजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना

२०७८ बैशाख ७, मंगलवार १६:११

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

उक्त मेलामा लाखौं भक्तजन सहभागी थिए भने हजारौं जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आइरहेको छ ।

भारतको राजधानी दिल्ली सरकारले उक्त कुम्भ मेलाबाट फर्कनेलाई यसअघि नै १४ दिने कोरिन्टिन अनिवार्य गरेको छ ।

शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको पनि बताइएको छ । शाह दम्पतीका साथ सहयोगी तथा सुरक्षाकर्मीहरु थिए भने फर्कने बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न जानेहरुको पनि ठूलै संख्या थियो ।

सम्बन्धित समाचार