१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

एमालेको नयाँ मुख्यालय सिलान्यास



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन् ।

सो अवसरमा उनले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढन चाहने हरेक नेता कार्यकर्तालाई जिम्मेवारीको अवसर दिने पनि बताए ।

‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्,’, उनले भने । कसैले गृटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव नहुने भनाई पनि प्रधानमन्त्रीको थियो ।

विसं २०५१ मा बनेको एमाले कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय भूकम्प प्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबै भन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइयो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : ३२ बजे