२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

दोस्रो दिन पनि भारतमा हालसम्मकै धेरै कोरोना संक्रमण



काठमाडौं । भारतमा कोरोना संक्रमणले पछिल्लो समय नयाँ रेकर्ड बनाउन थालेको छ । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार ३ लाख १७ हजार भन्दा बढी देखा परेको थियो । यो विश्वमै हालसम्म एक देशमा एकै दिन देखा परेको सबैभन्दा धेरै संख्या हो । यसअघि गत जनवरीमा अमेरिकामा देखिएको ३ लाख तीन हजारसम्म संक्रमण देखिएको थियो ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय अस्पतालहरुमा अक्सिजन अभाव भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा भारतमा २ हजार २ सय ६३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने बिहीबार २ हजार एक सयभन्दा धेरैको मृत्यु भएको थियो ।

पछिल्लो दुई सातायता भारतमा महामारीको फैलने क्रम तीव्र बनेको छ । विज्ञहरूले यसलाई महामारीको दोस्रो लहर भनेका छन् । यसले भारतभर स्वास्थ्य संकट देखा पारेको छ । अस्पतालहरुमा बेड पाइएको छैन, अक्सिजन र लाइभ सेभिङ औषधीहरुको अभाव खड्किएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : २० बजे