१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

यसरी गरियो धरहराको उद्घाटन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहराको उद्घाटन गरेका छन् । यद्यपी अरु संरचनाहरु निर्माणाधीन रहेकोले तत्काल सर्वसाधारणले चढ्न पाउने छैनन् ।

छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माण गरिएको छ ।

विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक/एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।

राष्ट्रिय पुननिर्माण प्रधिकरणकाले सुन्धारा क्षेत्रमा धरहरा, भूकम्प एवं मुद्रा सङ्ग्रहालय, आकाशेपुल, पार्किङ, बगैँचालगायत संरचना निर्माणका लागि रु पाँच अर्ब ७६ करोड लागत अनुमान गरिएकामा रु तीन अर्ब ४८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : २७ बजे