२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

घोष्ट राइटिङको ११ औ शृंखला सम्पन्न ।


Ang

१३ बैशाख २०७८, सोमबार  

0
Shares

घोष्ट राइटिङ नेपालमा अध्ययन गरेका बिद्यार्थीहरु मिलेर बनेको शब्द संसार अन्तर्गत मन्च विहिनको मन्च कार्यक्रमको ११ ओै शृंखला सम्पन्न भएको छ । प्रत्येक महिनाको दोश्रो शनिवार हुने कार्यक्रम लेखनकुन्ज परिसरमा रहेको कुन्ज थियटरमा भएको थियो । प्राध्यापक डाक्टर ,साहित्यकार सावित्री श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागीहरुले आफनो रचना सुनाएका थिए ।
रचनाको समीक्षा गर्दै डाक्टर श्रेष्ठले कार्यक्रममा प्रस्तुत भएको , कविता ,गीत , गजल र मुक्तकले आफुलाई प्रभावित गरेको बताउदै हरेक रचनाको राम्रा नराम्रा पक्षको बारे चर्चा गरेका थिए ।
कार्यक्रमका संरक्षक एवम घोष्ट राइटिङ नेपालका संस्थापक अध्यक्ष कमल ढकालले प्रतिकुल यो समयमा पनि अनुकुल मिलाएर गरिएको कार्यक्रमको भोलीको साहित्यको ईतिहासले सम्झने बताए । ‘ नेपाली चार महिला मिलेर कोरनाको महामारीमा मास्क लगाएर र स्यानिटाईज गरेर गरिएको कार्यक्रम आफैले आफैलाई र साहित्यले साहित्यलाई उर्जा दिने कार्यक्रम हो’ अध्यक्ष ढकालले बताए ।


कार्यक्रमको सन्चालिका रेजु पोखरेलले आफुहरुले मन्च नपाएकाहरुलाई मन्च प्रदान गर्न पाउदा गौरव लागेको बताएकी थिइन । अर्को सन्चालिका शान्ता अर्यालले आफू कोरनाको भ्याक्सिन लगाएर पनि यो कार्यक्रम हार्न नसकेर आजको आजै आएको बताएकी थिइन । ‘दुर दराजका गाउमा गएर त्यहाका रचना ल्याएर पुस्तकमा प्रकाशित गरेर भोलीको इतिहासलाई आज काम गरिरहेका छौ’ अर्यालले बताइन ।
कार्यक्रमको अर्को सन्चालिका गंगा खड्काले वक्ताको अघि आफनो रचनाको सुधारका पक्ष विज्ञहरुबाट बताइन । त्यस अनुसार परिमार्जन गरि त्यसलाई पुस्तककार दिने कार्यक्रम आफुहरुले नभेटेकले नै आफुहरुले कार्यक्रम सुरु गरेको बताएकी थिइन ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ४१ बजे