८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

क्यलेण्डर को अन्तिम पाना——-


Ang

१३ बैशाख २०७८, सोमबार  

0
Shares

एन,बी,दाहाल
    न्युयोर्क
बस क्यालेन्डरको अन्तिम पाना च्यातियो
रात उही छ दिन उही छ
आज उदायको घाम
भरे त्यही डाँडा मा अस्ताउ छ
बगेको छ समय कसैलाई नपर्खी
भोलि पनि मान्छेको भिड त्यस्तै नै होला
कसलाई के थाहा
भोलि त्यो भिडमा हामी हुन्छौ कि हुन्न
साल न त नयाँ छन् न पुरानै
यौटा भ्रम मात्र हो
मात्र गणितीय हिसाब किताब
भोलि आउने हरेक बिहानी नयाँ हो
रात नयाँ हुनेछ
बस नयाँ मान्छे भयर जन्मनुस्कनु पर्छ
अर्थात नयाँ स्वस्थ बिचारले भरिपुर्ण
तर नयाँ सालसंगै यौटा नयाँ मान्छे को जन्म हुन्छ

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ४७ बजे