१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

नेपालमा एकैदिन ३५५६ जनालाई कोरोना संक्रमण



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय १२ जनासहित नेपालमा ३ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । एन्टीजेन परीक्षणलाई पनि जोड्दा ३ हजार ५५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ४०० पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४४२ जना संक्रमित फेला परेका हुन् ।
त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट ११४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।

२४ घण्टाको अवधिमा कोरोनाबाट ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको छ । सक्रिय संक्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ३९ बजे