७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

नोम्याडल्याण्डलाई ओस्कर (सूचिसहित)



काठमाडौँ । ‘नोम्याडल्यान्ड’ ९३ औं ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको छ । क्लोन चाउले निर्देशन गरेको यो फिल्ममा आर्थिक मन्दीका कारण सबैथोक गुमाएर फिरन्त जस्ता बनेका एक महिलाको कथा उतारिएको छ । चाउ निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिला हुन् ।

यही फिल्मबाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने ‘द फादर’बाट एन्थोनी होप्किन्सकोले अभिनेतातर्फको अवार्ड जिते । यजङ उङले ‘मिनारी’बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको ‘एनोदर राउन्ड’ अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भयो ।

ओस्कर बिजेताके सूचि
उत्कृष्ट फिल्म
नोम्याडल्यान्ड
निर्देशक
क्लोई चाउ (नोम्याडल्यान्ड)
उत्कृष्ट अभिनेता
एन्थोनी होप्किन्स (द फादर)
उत्कृष्ट सह-अभिनेता
ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)
उत्कृष्ट अभिनेत्री
फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)
उत्कृष्ट सह-अभिनेत्री
यजङ उङ (मिनारी)
एनिमेटेड फिचर फिल्म
सोल
सिनेम्याटोग्राफी
म्यांक
कस्ट्युम डिजाइन
मा रेनिज ब्ल्याक बटम
डकुमेन्ट्री फिचर
माई अक्टोपस टिचर
डकुमेन्ट्री सर्ट सब्जेक्ट
कलेट
फिल्म सम्पादन
साउन्ड अफ मेटल
अन्तर्राष्ट्रिय फिचर फिल्म
एनोदर राउन्ड (डेनमार्क)
मेकअप एण्ड हेयर स्टाइलिङ
मा रेनिज ब्ल्याक बटम
संगीत
सोल
गीत
फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसाया)
प्रोडक्सन डिजाइन
म्यांक
सर्ट फिल्म (एनिमेटेड)
इफ एनिथिङ ह्यापेन्स आइ लभ यु
सर्ट फिल्म (लाइभ एक्सन)
द टु डिस्टेन्ट स्ट्रेन्जर्स
ध्वनि
साउन्ड अफ मेटल
भिजुअल इफेक्ट्स
टेनेट

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ५४ बजे