मधेस आन्दोलनका १२० अभियुक्तको मुद्दा फिर्ता

२०७८ बैशाख १५, बुधबार १६:४३

काठमाडौँ । सरकारले मधेस आन्दोलनका क्रममा मुद्दा लागेका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को बेठकले १५ वटा मुद्दाका १२० अभियुक्तको मुद्दा फिर्ता लिएको हो ।

सरकारले जनता समाजवादी पार्टीसँगको वार्तापछि १ सय २० जनाविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिइएको उनले बताए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताविरुद्धका मुद्दा पनि फिर्ता हुने चरणमा रहेको बताए ।

मुद्दा फिर्ता लिइएकाहरुको नामावली:

सम्बन्धित समाचार