१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

दीपक मनाङे गण्डकीको खेलकुदमन्त्री



काठमाडौं । गण्डकी प्रदेशको खेलकुदमन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) नियुक्त भएका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

मनाङेलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनीनमन्त्री बनेका हुन् ।

मनाङबाट स्वतन्त्र उम्मेदवार उठेर चुनाव जितेका उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर निर्वाचनमै साथ दिएको थियो।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : १५ बजे