१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

नेपालमा बुधवार एकै दिन ५८ को मृत्यु, ८६५९ संक्रमित



काठमाडौं । पऱछिल्लो २४ घण्टामा नेपालमा आठ हजार ६५९ जनामा कोरोना संक्रमित देखिएका छन् भने ५८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा आठ हजार ६५९ जना संक्रमित थपिएका हुन्। २१ हजार ३२२ जनाको स्वाब परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित देखिएको हो ।

उनीहरूमध्ये पीसीआर परीक्षणबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ। सक्रिय संक्रमितको संख्या पनि बढेर ६६ हजार ३५२ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएका छन्न् भने मंगलबार ५५ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : ५५ बजे