गायक प्रेमध्वज प्रधानको निधन

२०७८ बैशाख २३, बिहीबार २०:०८

काठमाडौं । प्रसिद्ध गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीवार न्यूरो अस्पतालमा निधन भएको हो ।

८४ बर्षका प्रधानको छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फुलहरू’ लगायत चर्चित गाएका छन् ।

प्रधानकी श्रीमति र दुई छोरा छन्। दुवै छोरा हाल अमेरिकामा छन्।

सम्बन्धित समाचार