१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

रााष्ट्रपतिद्वारा दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीवारसम्मको समय



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राजनीतिक दललाई बिहीबारसम्मको समय दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सोमबार संसद्‌मा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले नयाॅ सरकार वनाउन दलहरूलाई आगामी वैशाख ३० गतेसम्मको समय दिएकी हुन्।

राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्ति अनुसार ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तीन वर्षअघि २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि राखेको प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान गरेकी हुन्।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ५१ बजे