‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रहकी लेखक सुकृती शर्मालाइ ब्लूमक्विस्ट परिवारिक छात्रबृत्ति कोषले ब्लूमक्विस्ट-२०२१ वर्ष पुरस्कार प्रदान गरेको छ ।
परिवार, विद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृस्ट बिद्यार्थी मध्येबाट छानिने एक बिद्यार्थीलाई बार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५,००० डलर छ।
ब्लूमक्विस्ट परिवारिक प्रतिष्ठानले धेरै लामो समयदेखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिंग डोर टु द फ्युचर’ नामक संस्था मार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कुरा कलेज एक्सेस फेयरफ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ।
उक्त पुरस्कार पाए पछि नेपाली-अमेरिकी चेली सुकृतीले भनिन, ‘’यो कडा परिश्रम, बुबा आमाको प्रोत्साहन र आफ्नो सिर्जनशिलताको परिणाम हो।’’ सुकृतीले आफ्नो भाई साइमनसंग मिलेर लेखेको ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रह अमाजनमा उल्लेखनीय रुपमा बिक्री भैरहेको छ। उक्त पुस्तकलाइ फेयरफ्याक्स काउन्टी पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ। उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनान स्थित शरणार्थी शिविरहरुमा रहेका बालबालिकाहरुको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताइन्।
भबिश्यमा बिश्व भरिका बालबालिकाहरुको स्वास्थ्यका लागि योगदान गर्ने सोच बनाएकी सुकृतीले सानै उमेर देखि स्थानीय एवं रास्ट्रिय स्तरका समाचारपत्रहरुमा बालबालिकाहरुको पक्षमा आफ्ना लेखहरु प्रकाशन गर्दै आइरहेकी छिन् ।
“अमेरिकाको भबिश्यका डाक्टरहरु” नामक स्कूल स्तरीय क्लबको उपाध्क्ष्य समेत रहेकी सुकृतीले सप्ताहान्तमा इनोभा फेयरफ्याक्स क्याम्पसमा स्वयम्सेविकाको रुपमा पनि काम गर्दै आइरहेकी छन् ।