एनआरएन न्युयोर्क च्याप्टरको आगामी नेतृत्वको लागी सोलुखुम्बुका आङ छिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेद्धवरी दिएका छन । न्युयोर्कको विभिन्न संघसस्थाहरुसंग हातेमालो गदै एनआरएन न्युयोर्क च्याप्टर मार्फत कर्मभुमी र मातृभुमीको लागी केही सेवा गरौ भन्ने उद्धेस्यले उनी यतिखेर समुदायका प्रतिनिधिहरुसंग भेटघाटमा व्यस्त रहेका छन ।
‘ मातृभुमी नेपाल र कर्मभुमी न्युयोर्कमा रहेका नेपाली समुदायहरुलाई केही सहयोग र सेवा गरौ भन्ने उद्धेस्यले न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा उम्मेद्धवरी दिएको छु’ शेर्पाले एभरेष्टटाइम्सलाइ भने-‘ नेपालमा पनि समाजिक क्षेत्रमा कार्य गरेको अनुभवकै कारण अब एनआरएन न्युयोर्क च्याप्टरमा नेतृत्व गर्ने चाहाना बोकेकोले तपाइहरु सवैको सहयोगको अपेक्षा गरेको छु’ ।
नेपालमा कुनै समय युवा विद्यार्थीहरु माझ परिचित उनी नेपाल बिद्यार्थी संघ सोलुखुम्बु काठमाडौ सम्पर्क समितिका पुर्व अध्यक्ष एवं शेर्पा विद्यार्थी मञ्चका पुर्व सभापति हुन । नेविसंघ र शेर्पा विद्यार्थी मञ्च हुदै आदीवासी जनजाती विद्यार्थी समाजको नेतृत्व गर्ने क्रममा उनले विभिन्न सामाजिक कार्यहरु गरेका थिए । नेपाल पछि विदेशमा सवैभन्द बढि जनसंख्या भएको अमेरिकाको न्युयोर्कको शेर्पा समुदायबाट एनआरए न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा उम्मेद्धवरी दिने उनी पहिलो हुन । एनआरएन न्युयोर्क च्याप्टरमा केही गरौ भन्ने उद्धेस्य लिएका सक्षम व्यक्तिहरुको साथ लिएर नेतृत्व गर्न लागेको उनले बताए ।