मे २९ को ‘माउन्ट एभरेष्ट डे’ हटाउन खोजेकोमा आरोहीहरुको सस्थाद्धारा विरोध

२०७८ जेष्ठ ११, मंगलवार ०३:५८

सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुर्‍याएको ऐतिहासिक दिन मे २९ लाई देश विदेश सवैतिर इन्टरनेशनल माउन्ट एभरेष्ट डे विश्व सगरमाथा दिवसको रुपमा मनाउदै आएको छ । नेपाल सरकारले विगत लामो समयदेखिन मे २९ लाई माउन्ट एभरेष्ट डे को रुपमा विशेष कार्यक्रमको रुपमा मनाउदै आएको यो कार्यक्रम अमेरिकामा रहेका आरोहीहरुको साझा सस्था युएस नेपाल क्लाइबर्स एसोसियसनले वर्षको प्रमुख कार्यक्रमको रुपमा न्युयोर्कमा मनाउदै आइरहेको छ ।
न्युयोर्कमा निरन्तर रुपमा मनाउदै आइरहेको माउन्ट एभरेष्ट डे लाई आदीवासी जनजाती महासंघ अमेरिकाले एक्कासी हटाएर नेपाल डे नामकरण गरेको कार्यप्रति आरोहीहरुको सस्था एसोसियसनले विज्ञाप्ती मार्फत विरोध गरेको छ ।

‘ बिश्वब्यापी रुपमा लोकपि्रयता हासिल गरी स्थापित भैसकेको अन्तरराष्ट्रिय सगरमाथा दिवस इन्टरनेशनल माउन्ट एभरेष्ट डे लाई नै ओझेल पार्ने दूषित मनसायले मे २९ कै दिन पारेर केही तत्वहरुले कथित नेपाल दिवस मनाउनको लागि भित्र भित्रै षड्यन्त्र रच्दै गरेको कार्यप्रति यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर ध्यान आकषिर्त भएको छ ‘ एसोसियसनले जारी विज्ञाप्तीमा जनाएको छ ।

एसोसियसनको अध्यक्ष पासाङनिमा शेर्पा र महासचिव मिङमार लामाद्धारा जारी विज्ञाप्तीमा भनिएको छ ‘ समग्र रुपमा विश्वभरका समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुको प्रतिष्ठासंग गाासिएको सगरमाथा दिवसको अस्तित्व मेट्ने दुरासयपूर्ण कदमको यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन घोर भत्र्सना गर्दछ’ । ‘ विश्व मानव समुदाय सामु नेपाल र नेपालीको प्रतिष्ठा र स्वाभिमानलाई उचो बनाउने मे २९ अर्थात् सगरमाथा दिवस हाम्रो लागि एक गौरवशाली उत्सव हो । यो उत्सवलाई न्युयोर्क राज्यमा दर्ता भई स्थापना भएको कृयाशील संस्था यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले विगत आठ वर्ष अघि देखि निरन्तर रुपमा मनाउदै आएको तथ्य जग जाहेरै छ ।

विगतका वर्षहरुमा यस दिवसलाई मनाउन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, अमेरिकन अल्पाइन क्लब, एक्सपोलर क्लब युएसए, न्युयोर्क आउडबन्ड र युनाइटेड शेर्पा एसोसियसनसग जस्ता सस्थाहरुसंग सहकार्य गदै आएको छ ‘विज्ञाप्तीमा भनिएको छ -‘ संसारभर छरिएर रहेका सम्पूर्ण स्वाभिमानी पर्वतारोहीहरुको शीर झुक्न नदिन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन प्रतिबद्ध रहनेछ । यस्ता षड्यन्त्रकारी तत्वहरुको जाल देखि सावधान रहन सम्वन्धीत सबैलाई यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन सजग गराउन चाहन्छु ‘। महासंघले गरेको यो कार्यको एसोसियसनले न्युयोर्कस्थित नेपाल बाणिज्यदुत, आदीवासी जनजाती लगायत विभिन्न सस्थाहरुलाई सस्थागत ध्यानकर्षण पत्र समेत पठाइसकेको महासचिव लामाले बताए ।

सम्बन्धित समाचार