२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा



काठमाडौं । चीनले नेपाललाई थप १० लाख डोज कोभिड १० विरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन कुराकानीमा क्रममा थप दश लाख खोप दिने घोषणा राष्ट्रपति सीले गरेका हुन् ।

बुधबारदिउँसो दुई राष्ट्रपतिबी झण्डै ४५ मिनेट टेलिफोन संवाद भएको थियो । संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको आफ्नो ट्वीटरमा राखेकी हुन् । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

बुधबारको कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले नेपालले मागेको सहयोगबारे आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिएका छन् ।

‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भनेका थिए ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ६ : २९ बजे