ल्हाक्पा गेलु शेर्पा
कुनै समय एसियाका मात्र तारा रहेको बुद्ध आज संसारकै तारा बनेका छ। हिजोको बुद्ध दर्शन आज विज्ञान बनेको छ । बुद्ध विश्वको लागि आस्था, विश्वाश र मार्गदर्शक बनेको छ। बुद्धका बिचारहरु महान भएकै कारण संसारका सबै धर्मवालम्बीहरुले बुद्धलाई त्यतिकै श्रदा गर्छन् बुद्धप्रति संसारले हेर्ने दृष्टिकोण ज्ञान, शान्ती र जीवन दर्शन हो । त्यसैले त आज संसारका शान्तीप्रेमी मानिसहरुले घर घरमा, कोठाकोठामा, कार्यालयमा, चोक चोकमा र बस्तिबस्तीहरुमा बुद्धका प्रतीमुर्तीहरु ठ-याउने काम गरेको देखिन्छ । दुःख र लाजमर्दो बुद्धको जन्मभुमी नेपालमा बुद्धका मुर्तिहरु भत्काई बुद्धकै अस्तित्व समाप्त पर्ने प्रकारका कामहरु पटक पटक गरिरहेका छ। सधैं बुद्धमाथि प्रत्यक्ष एबम प्रत्यक्ष रुपमा प्रहार गर्ने काम भईरहेका छ ।
बुद्धले जातिभेद अन्त्य गरेको, बलिप्रथा रोकेको र उदार विस्व दृष्टिकोण अपनाएकाले केही अतिहिन्दुवादी ब्राह्मणहरूको स्वार्थमा बाधा पुग्ने देखिएकोले ति ब्राह्मणहरूले राज्यस्तरबाटै बुद्धको धर्म र दर्शनलाई नस्ट गर्ने काम गरिएको थियो । राणा शासनकालमा नेपालमा बुद्ध मूर्ति बनाएको आरोपमा भिक्षु अमृतानन्दलाई आठ वर्ष जेलमा थुनिएको थियो । विसं २००० मा भिक्षु अमृतानन्दलगायत आठ जना भिक्षुहरूलाई देश निकाला गरिएको थियो । बौद्ध दर्शनका पुस्तक र ग्रन्थहरु खोजीखोजी जफत गरिएकका,हिन्दुहरू धर्म परिवर्तन गरी बौद्ध बन्न नपाइने र बौद्ध विहार बनाउन नपाइने नियम नै बनाइएको थियो ।
काँक्रे बिहारमा बुद्धमा बुद्धको मुर्ती लडाएको, बुद्धको जन्मस्थल नजिक तिलोत्तमामा पाँचवटा बुद्ध मुर्तीहरु नस्ट गरेको, नेपालका बौद्धमार्गिहरुको आस्थाको केन्द्र गुम्बाहरुलाई बिभिन्न झुठा र कपोकल्पित आरोप लगाएको, शान्तिप्रेमी बौद्ध भिक्षु भिक्षुणीमाथि अनावश्यक बिभिन्न बहनामा दुःख दिएको, बौद्धमार्गीहरुले हरेक शुभ कार्यमा प्रयोग गरिने खतागमाथि प्रतिबन्ध लगाएको, बौद्ध गुम्बा र बिहारहरुमाथि राज्यस्तरबाटै गरिएको कर सम्बन्धी बिबेदहरु त झन त्यती पुरानो छैन । गुन्पा शिक्षालाई अन्य विद्यालयको शिक्षा सरह प्राथमिकतामा नराख्नु र बुद्ध दर्शनमा उच्च शिक्षा हासिल गरीसकेका विद्वान लामा गुरुहरुको महत्व नबुज्नु भनेकै बुद्धप्रतिको अपमान हो । पछिल्लो समयमा कोरोना महामरी समयको फाईदा उठाउदै बाटो बिस्तारको अन्य धेरै बिकल्पहरु हुँदाहुँदै पनि विश्व सम्पदा सुचिमा सूचीकृत स्वयम्भुमा सर्बसाधारण जनताले आफ्नो धर्मको आस्था र विश्वाशको केन्द्रको रुपमा बिधिवत निर्माण गरेको हजारौ बुद्धमुर्तीका स्तुपा लगयात अन्य केही महत्वपूर्ण संरचनाहरु राज्यले नै भत्काउने दुस्प्रयास गरिएको छ । राज्य स्तारबाटै गरिएको यो अत्यन्त अपमानित र निन्दानिय कार्यले संसारभरिका शान्तिप्रेमी बौद्धमार्गीहरुको मनमा गहिरो चोट पुगेको छ । विश्वको सम्पदा स्वयम्भु क्षेत्रलाई नै बिकासको नाममा नस्ट गरी विस्व सम्पदा सुचीबाटै हटाउन सक्ने खतरा समेतको अवस्था सृजना गरिदिएको छ ।
युनेस्कोले विश्व सम्पदा सुचिमा सूचीकृत परेको क्षेत्रहरुलाई विश्व सम्पदा सुचीको मापदण्ड अनुसार उचित स्यारसंभर र संरक्षण गर्न नसकेको अवस्थामा हटाउन सकिने अवस्था देखिएको छ । सन २००७ मा ओमनको अरबियन ओरेक्स सेन्चुरीलाई उचित संरक्षण गर्न नसकेकै अवस्थामा युनेस्कोको विश्व सम्पदा सुचीबाट हटाएको थियो । उक्त क्षेत्र सन १९९४मा विश्व सम्पदा सुचिमा सूचीकृत भएका थिए । त्यस्तै सन २००९मा जर्मनीमा रहेको ड्रेस्डेन एल्बे उपत्यकालाई त्यहाँ निर्माणधीण वाल्डस्क्लेस्चेन पुलकै कारणले विस्व सम्पदा सुचीबाट हटाएको थियो । लामो समयसम्मा पुल निर्माण गर्नु पर्छ भन्ने पक्ष र पर्दैन भन्ने पिपक्षबिच बिबाद हुँदा उक्त क्षेत्र अन्तमा युनेस्कोले विश्व सम्पदा सुचिबाट हटाएको हो । उक्त क्षेत्र सन २००४मा विश्व सम्पदा सुचिमा सूचीकृत भएका थिए । सन २०१७मा जर्जियाको बग्राटी क्याथेड्रललाई पनि यसको असपसको क्षेत्रमा पुनः निर्माण गरेको र युनेस्कोको विश्व सम्पदा सुचिको मापदण्ड पुरा गर्न नसकेकै कारण युनेस्कोले विस्व सम्पदा सुचीबाट हटाएको थियो । उक्त क्षेत्र सन १९९४मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका थिए । सन १९७९मा युनेस्कोको विस्व सम्पदा सुचिमा सूचीकृत स्वयम्भु क्षेत्र पनि निर्माण गर्न लागेको सडककै कारण खतरामा पर्न सक्ने अवस्था सृजना हुन सक्छ ।
युनेस्कोले नेपालको १० वटा स्थानहरुलाई विश्व सम्पदा क्षेत्रको रुपमा सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ दरवार क्षेत्र, पाटन दरवार क्षेत्र,भक्तपुर दरवार क्षेत्र,पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ,बौद्धनाथ र चाँगुनारायण मन्दिर र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। विश्व सम्पदा सुचीमा सूचीकृत भएका नेपालका संरचनाहरु नेपाललाई विश्वमा चिनाउने धरोहरहरु हुन यी सम्पदाहरुको संरक्षण र संवर्द्वन गर्नु राज्यको जिम्मेवारी हो । नेपालबाट सन् १९९६ मा बौद्ध धर्मसँग सम्बन्धित मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा, ललितपुर प्राचिन खोकना, रामग्रामस्थित बुद्धको स्तुपा, तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरूसँगै लुम्बिनी र सन २००८ मा मुस्ताङको लोमन्थाङ र साँखुको बज्रायोगिनी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो तर त्यसमध्ये सन १९९७मा राष्ट्रसंघको पहलमा लुम्बिनी बाहेक अन्य क्षेत्रहरु त्यतिकै ओझेलमा परीदिएका छन ।
युनेस्कोको विश्व सम्पदा सुचिमा सूचीकृत भईसकेका सम्पदाहरुको पनि सही संरक्षण र संवर्द्वन हुन सकेको छैन । सधैं अरुले नै बनाई दिनु पर्ने र गरी दिनु पर्ने राज्यको नियतीले यी महत्वपूर्ण सम्पदाहरु जोखिममा परेको देखिन्छ । लुम्बिनीलाई विश्व सम्पदा सूचिबाट हटाउने पटक–पटक चेतावनी दिंदै आएको छ । मायाँदेवी मन्दिरको संरचना, स्मारक र इट्टा लगाएर बनाइएको विषयलाई लिएर विश्व सम्पदा सूचिबाट हटाउने चेतावनी पहिलेनै दिएको छ । त्यस्तै गरी लुम्बिनी गुरु योजनाको बिपरित संरचनाहरु निर्माण गरेको, लुम्बिनी क्षेत्र वरीपरी भइरहेका पूर्वाधार निर्माण र सिमेन्ट उद्योगले गरेको प्रदुषणकै कारण लुम्बिनी पनि युनेस्कोको विश्व सम्पदा सुचिबाट हटाउन सकिने खतरा बढेको देखिन्छ । बौद्धनाथ क्षेत्रमा पनि मापदण्ड विपरीत घर बनाएकै कारणले बौद्धनाथको चैत्यको मौलिक स्वरूपमा असर परेको भन्दै युनेस्कोले पहिले नै खतरामा राखेको थियो । भुकम्पपछिको स्थानियहरुलको पुन निर्माण गर्दा युनेस्कोको सुझाव विपरीत आधुनिक सामाग्रीको प्रयोग गरिएको भन्दै चेतावनी दिदै आएका थिए ।
बुद्धलाई आजै पनि भुगोलको एउटा सिमित घेराभित्र राख्न खोज्ने र बुद्धलाई मागी खाने भाडो मात्र बनाएर धर्म निरपेक्षताको नाममा सनतान धर्मको वकलात गर्नेहरुबाटै बुद्धभुमीमा बुद्धको अस्तित्वलाई जोगाउन नसक्ने खतरा देखिएको छ । बुद्धभुमी नेपालमा बुद्धमाथि अपमान हुँदा समेत केही नबोल्ने तर आफ्नो केही स्वार्थको लागि “बुद्ध वस बोर्न इन नेपाल“ भनेर एउटा कुनामा कराउनेहरु, बिदेशिका सामु मागी खानाको लागि परिचय दिदा मात्र बुद्धलाई प्रयोग गर्ने तर अरु बेला बिर्सिनेहरुबाट बुद्धको अस्तित्वलाई जोगाउन नसक्ने अवस्था देखिएको छ । “बुद्ध“ भन्ने महान शब्द नबुझी सधैं भारतमा जन्मेको हो कि नेपालमा जन्मेको हो भनेर बिबाद ल्याउने काममात्रै गरिएको देखिन्छ ।
संसारका कुनै पनि देशले नेपालमा जस्तै बुद्धहरु जन्मेको भुमी पाउने हो भने त्यो देशलाई बुद्धकै मध्ययमबाट संसारको एउटा अति बिकासित राष्ट्रको रुपमा बिकास गरी कयपलट गर्थे । साउदी अरबका मक्का, इजरयलका जेरुसेलम, इटालीका रोम र भ्यटिकन सिटी जस्ता स्थानहरु बनाउन सक्थे जहाँ बर्षेनी करोडौको संख्यामा पर्यटक र तिर्थयात्राीहरुले भ्रमण गर्थे । धार्मिक पर्यटनकै माध्यमबाट देशलाई बिकासको चरमचुलिमा पु-याउन सक्थे । बुद्धका ज्ञानलाई संसारभरी फैलाएर छाती फुलाएर हिड्नसक्थे । बुद्धलाई देखाएर माग्ने होइन दिन बनाउन सक्थे तर नेपालले माल पाएर पनि चाल पाएन । हामीमा यस्ता दुरदर्शिता भएन । हामी बुद्ध जन्मेका देशका बुद्धुहरु भए ।
लेखक शेर्पा किदुग अमेरिकाका पुर्व महासचिव हुन ।