एनआरएनए अमेरिका राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अध्यक्ष पदमा बुद्धि सुवेदी निर्वाचित भएका छन । अनलाइन भोटिङको माध्यामबाट गत मे २९ र ३० तारिख सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा विजयी सुवेदीले ५ हजार ६सय १८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कृष्ण लामिछानेले ५ हजार २ सय मत ल्याएका थिए । त्यस्तै अध्यक्ष पदका अन्य दुई प्रतिस्पर्धीहरू डा. अर्जुन बन्जाडेले ४ हजार १सय ४८ र तिलक केसीले ५सय ६७ मत ल्याएको निर्वाचन कमिटिका प्रमुख विश्व बरालले जनाएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्त, उपाध्यक्षहरूमा विकास उप्रेती, दिलुराम पराजुली, गोपेन्द्र भट्टराइ र सुमन थापा बिजयी भएका छन् । त्यस्तै महासचिवमा अञ्जन चौलागाइ बिजयी भएका छन भने सचिवमा अनुप खनाल र कोषाध्याक्षमा राजीव श्रेष्ठ र सहकोषाध्याक्ष अग्नी ढकाल बिजयी भएका छन । त्यस्तै बोर्ड अफ डाइरेक्टरमा बिशाल राना, डा. प्रकाश श्रेष्ठ, बाला राज घिमिरे, डोलनाथ घिमिरे, प्रभात सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, बिश्वराज बास्तोला, दुर्गेश कार्की र राज ढुंगाना बिजयी भएका छन ।
त्यस्तै गरि अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा अमृत सापकोटा, संजीव कुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, संजय थापा, गोविन्द सुबेदी, नारायण कंडेल, बिनोद तिवारी र बिष्णु शाह निर्वाचित भएका छन । निर्वाचित पदाधिकारीहरुलाई आगामी जुलाई ३ मा हुने सस्थाको साधारण सभामा पद हस्तन्तरण गर्ने निर्वाचन कमिटिले जनाएको छ । एनआरएन अमेरिकामा यस पटक २० हजार १ सय ३८ मतदाता रहेकोमा निर्वाचनमा ७८ प्रतिशत अर्थात १५ हजार ७ सय ६८ जनाले मतदान गरेका थिए ।
निर्वाचनमा कसले कति मत ल्याए तल हेर्नुस
https://www.nrnusa.org/media/election_document/Election-Result-_2021.pdf