१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

विवकेशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको निधन



काठमाडौँ । विवकेशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक समेत रहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।

कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : ५६ बजे