२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

मदनकृष्ण श्रेष्ठको स्वरमा नेवारी देश भक्ती गीत सार्वजनिक



 

वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन’अमर’ को रचना ”मतिनाया खँ” नेवारी गीति एल्बमभित्र सङ्ग्रहित रहेको नेपाल भाषाको उत्कृष्ट गीतहरू मध्येको एउटा नेवारी गीत सार्वजनिक भएको छ । सार्वजनिक नेवारी गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ । देशको माया अनि देशलाई प्राणभन्दा प्यारो नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ गीतले गीतले हौसला दिएको छ । देशको निमित्त प्राण पनि दिन सक्छु गीतले नौलो सन्देश दिएको छ ।

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत अनि  बुद्ध सायमीको एरेन्जरमा अडियो नेपालमा रेकर्डिङ भएको थियो । सार्वजनिक भिडियोमा कलाकारहरू गायक मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु र  अन्य कलाकारहरू हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन आदिको अभिनय  रहेको छ । कुमारी नृत्य मैयाँ महर्जन लाखे नृत्य सुजन बज्राचार्यको उत्कृष्ट अभिनय रहेको छ । गीतको भिडियो इडिटिङ्ग र छायांकन अमर चित्रकारले गरेको छ भने सुरेन्द्र तुलाधरबाट भिडियो निर्देशन गरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : ०२ बजे