न्युयोर्क । विश्वकै धनी जेफ बेजोस आफ्नै अन्तरिक्ष यान कम्पनी ब्लू ओरिजिनले बनाएको रकेट न्यू शेपर्डमा चढेर अन्तरिक्षको शयर गर्नर् भएका छन् । हालै जारी गरिएको जानकारी अनुसार जुलाई २० तारिखका दिन उनी अन्तरिक्ष यात्रामा जाने छन् । सीएनएनका अनुसार यो दिन उनले एमेजनको सीइओ पद छाडेको १५ औं दिने हुनेछ ।
सबै कार्यहरु योजना अनुसार नै भएको खण्डमा अर्वपति बेजोस यसरी अन्तरिक्ष यात्रामा जाने पहिलो यात्री हुने छन् । यसअघि खगोल शास्त्रीहरुले अध्ययनका लागि जाने गरेको भएपनि यसरी घुम्न कै लागि कोही गएका छैनन् । यस भ्रमणमा बेजोसका साथ भाई मार्क पनि रहने छन् ।
“जब म पाँच वर्षको थिएँ, तबदेखि मैले अन्तरिक्षको यात्रा गर्ने सपना देखेको छु,” ५७ वर्षका बेजोसले भनेका आफ्नो इन्सटग्राममा भिडियो अपलोड गर्दै भनेका छन्, “जुलाई २० मा, म यो सबै भान्दा राम्रो सहासिक यात्रा सबै भन्दा मिल्ने साथी मेरो भाईसँग गर्नेछु ।”
अहिलेसम्म ब्लु ओरिजनले के कति टिकटहरु बिक्री गर्छन् भन्ने जानकारी दिएको छैन । यद्यपि एक जना लिलामी वढाबढमा सबै भन्दा धेरै रकम तिर्नेलाई चाहिँ लैजाने कुरा गरेका छन् । सोमबार बिहानसम्म २.८ मिलियन डलर बोलकबोल पुगिसकेको छ ।
बेसोजले सन् २००० मा अन्तरिक्ष अभियानका लागि ब्लु ओरिजिन कम्पनीको स्थापना गरेका थिए । त्यसपछि यस कम्पनीले गोप्य रुपमै रकेट र अन्तरिक्ष यानको निर्माण गरिरहेको थियो । साथै दर्जनौं मानव रहित परीक्षण उडानहरु गरेको थियो ।