४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

एनआरएन अमेरिकामा निर्वाचितलाई शेर्पा संघद्वारा शुभकामना



न्युयोर्क । शेर्पा संघ अमेरिकाले हालै भएको गैरआवासीय नेपालफ संघ, अमेरिकाको निर्वाचनमा न्युयोर्क तथा न्युजर्सी क्षेत्रबाट निर्वाचित आईसीसी, एनसीसी र च्याप्टरका पदाधिकारीहरुलाई आमन्त्रण गरी एक शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा आईसीसी सदस्य निर्वाचित सन्जीव श्रेष्ठ, क्षेत्रीय संयोजक सम्मर बुढाथोकी, एनसीसीको बोर्ड अफ डाईरेक्टर निर्बचित प्रभात सापकोटा, दुर्गेशजंग कार्की, एनआरएन न्यूयोर्क च्याप्टरका निर्वाचित अध्यक्ष आङछिरिङ् शेर्पा, उपाध्यक्ष शोभाकान्त पाण्डे, सचिव डन्डपानी लामिछानेलगायत सबै निर्वाचित पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

शेर्पा संघ, अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले नवनिर्वाचित पदधिकारीहरुलाई खादा लगाएर शुभकामना दिएका थिए । कार्यक्रममा शेर्पा संघ, अमेरिकाका संस्थापक अध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष श्रीमती छिरिङ्ग शेर्पा, सल्लाहकारहरु आङ फुरी शेर्पा, ङिमा देन्डी शेर्पा, मिङ्मार शेर्पा, आङ ङिमा ग्याल्जेन शेर्पा, संरक्षकहरु ल्हाक्पा देन्डी शेर्पा, मिङ्मा शेर्पा, फुर्बा शेर्पा, तेन्डी शेर्पा, अमेरिका नेपाल क्लाईम्बर्स एशोसियसनका महासचिब मिङ्मार शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचित पदाधिकारीहरुले पनि कार्यक्रममा आफ्ना भनाई राखेका थिए । शेर्पा संघ, अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाको सभापतित्वमा भएको उक्तकार्यक्रममा शेर्पा संघ अमेरिकाका बरिस्ट उपाध्यक्ष एपी लामाले स्वागत मन्तव्य राखका थिए । कार्यक्रम शेर्पा संघ अमेरिकाका महासचिव दाजिमा शेर्पा र प्रबक्ता डोल्मा शेर्पाले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : ०४ बजे