पहिलो डा. हर्क गुरूङ स्मृति भलिबल कपको उपाधी सिन्धुलाई

२०७८ जेष्ठ २५, मंगलवार १८:२६

न्युयोर्क । गुरूङ (तमु) सोसाईटी ईन्क यूएसएद्वारा आयोजित प्रथम डा. हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ। निकै नै कडा प्रतिष्पर्धा भएको अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीम माथि ३-२ सेटको जीत निकाल्दै तीन हजार डलर राशीको नगद पुरस्कार, प्रमाण-पत्र र ट्रफी प्राप्त गरेको छ ।

दोश्रो हुने म्याग्दी भलिबल टीमले दुई हजार डलर राशीको नगद पुरस्कार, प्रमाण-पत्र र ट्रफी हात पर्‍यो ।मेमोरियल डे को अवसर पारेर न्यूयोर्क राज्यको लङ आइल्याण्ड सीटीको क्वीन्स ब्रिज पार्कमा यही मे २९ र ३० मा गर्न लागि प्रतिकुल मौसमका कारण एक हप्ता पछि जुन ५ र ६ मा सारिएको थियो ।

अपोलफ म्यनुफ्याक्चरिङ र बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको मुख्य प्रायोजन र अन्य विभिन्न व्यावसायी, संघ/संस्था तथा ब्यक्तिहरूको प्रायोजन साथै आमा-समूह, युवा समूह र यि एण्डी चेङको विशेष सहयोग रहेको यस प्रतियगितामा आयोजक भलिबल टीम सहित न्यूयोर्कको विभिन्न आठ भलिबल टीम र मेरील्याण्ड ,न्यूजर्सी राज्यबाट एक-एक भलिबल टीमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समुद्घाटन जुन ०५, २०२१ को दिन आयोजक संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूङले गरेका थिए । प्रतियोगिता शुरू हुनु भन्दा अगाडि स्व. डा. हर्क बहादुर गुरूङ र हालको महामारी कोभिड १९ को विषम परिस्थितिमा ज्यान गुमाएका सम्पूर्ण नेपालीहरूको चीर शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो।

लगभग ५०० भन्दा बढी खेलप्रेमी नेपाली दर्शकहरूको उपस्थिति रहेको उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय गीत र संयुक्त राज्य अमेरीकाको राष्ट्रिय गीतको प्रस्तुती पछि भलिबल प्रतियोगिताको लागि रेफ्री द्वय श्री दीपक रोका मगर र श्री प्रेम हमाल ठकुरीलाई भलिबल प्रदान गरी प्रतियगिताको उद्घाटन गरिएको थियो।

जुन ०६,२०२१ का दिन सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथि आदिबासी जनजाति महासंघ, अमेरिका अध्यक्ष लोक चेम्जोङ लिम्बु रहेका थिए भने विशेष अतिथिहरू न्यु सीटी डिस्ट्रिक २५ काउन्सिल सदस्यका उम्मेदवार यि (एण्डी) चेन, गैर आवासीय नेपाली संघ न्यूयोर्क च्याप्टरका नवनिर्बाचित सभापति आङछिरिङ शेर्पा, तमु प्ये ल्हु संघ, न्युयोर्कका अध्यक्ष मिलन गुरुङलगायत विभिन्न संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधहरुको उपस्थितिमा थियो ।

समापन समारोहमा प्रमुख अतिथि र विशेष अतिथिहरूको साथमा गुरूङ (तमु) सोसाईटीका अध्यक्ष विजय गुरूङले भलिबल प्रतियगिताको विजेता, उपविजेता टीम र विविध विधामा उत्कृष्ट खेलाडीहरू साथै सोसाइटीका संस्थापक अध्यक्ष तुलसी गुरूङको हातबाट आमा समूहको दौड प्रतियगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूलगायत कलाकारहरूलाई मेडल, प्रमाण-पत्र, ट्रफी र नगद (चेक) हस्तारन्तरण गरिएको थियो ।

समापन समारोहको कार्यक्रम संचालन संस्थाको सह-सचिव तोरण गुरूङले गरेका थिए । समापन समारोहमा उपस्थित सम्पूर्ण खेलप्रेमीहरू, यूवा स्वयंसेवकहरू, सक्रिय आमा समूह, यूवा समूह, एनवाइजीएससी प्रायोजकहरू उपस्थित संघ संस्थाका प्रतिनिधिहरू, खेलाडीहरू, रेफ्रीहरू र सहयोगी रेफ्रीहरू, मीडियाकर्मीहरु सम्पूर्णलाई संस्थाका अध्यक्ष विजय गुरूङले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रम समापन समारोह पछि जाङ्बु शेर्पाले विभिन्न रोमान्चक गीतहरू बजाएर उपस्थितलाई नचाएर भरपुर मनोरञ्जन दिलाएका थिए ।

सम्बन्धित समाचार