वासिङ्टन । अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु भएको छ ।
शनिबार अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएका हुन् । उक्त दुर्घटनामा परेर नौ जना बालबालिका र एक वयस्क नागरिकले ज्यान गुमाएक सञ्चार माध्यमहरुले जनाएको छ ।
यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ ।
उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
यो सडक दुर्घटना भएको र दुइ ओटा भ्यान एक आपसमा जुधेको ती प्रहरी अधिकारीले जानाकारी गराएका छन् । दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन् ।