२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

मलाई बच्चा जन्माउनसमेत दिइएन : चर्चित पप गायिका ब्रिट्नी स्पियर्स



चर्चित अमेरिकी पप गायिका ब्रिटनी स्पियर्सले आफ्नो संरक्षकले आफुलाई बच्चा जन्माउन नदिएको बताएकी छन् । सबथै उनले आफुलाई विगत १३ वर्षदेखि नियन्त्रणमा राखेर दुर्व्यवहार गरिएको समेत दावी गरेकी छन् । उनी सन् २००८ देखि बाबु जेमी स्पेयर्सको संरक्षकत्वमा छिन् ।

उनले आफु त्यो संरक्षकत्वबाट मुक्त हुन चाहेको उल्लेख गरेकी छन् । “आफ्नो जीवनलाई १३ वर्ष नियन्त्रणमा राखेको दुर्व्यवहारपूर्ण संरक्षकत्व” प्रति अदालतमा आक्रामक रूपमा अप्रस्तुत भएको बीबीसीले जनाएको छ ।

उनले आफुलाई बाबुले शतप्रतिशत नियन्त्रणमा राखेको उल्लेख गर्दै व्यावसायिक सेवाकर्मी जोडी मोन्टगोमेरीलाई राख्न माग गरेकी छन् ।

उनले आफ्नो थप सन्तान जन्माउन पाउने अधिकारसमेत खोसिएको र इच्छा विपरीत मानसिक रोगको औषधि दिइएको आरोप समेत लगाएकी छिन् ।

सन् २००८ मा बाबु जेमी स्पियर्सलाई अदालतले छोरी ब्रिट्नीको गतिविधिमाथि नियन्त्रण गर्ने गरी संरक्षकको अधिकार दिएको थियो । सो आदेश गायिका स्पियर्स मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताका कारण अस्पताल भर्ना भएपछि दिइएको थियो ।

“मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ,” ३९ वर्षीया स्पेयर्सको भनाई उदृत गर्दै बीबीसीले लेखेको छ, “म यो संरक्षकत्व अन्त्य गर्न चाहन्छु। मैले जीवनभर काम गरेँ र म जीवन चाहन्छु। म दुईदेखि तीन वर्ष बिदामा बस्न चाहन्छु।”

दुई सन्तानकी आमा स्पियर्सले आफूले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर संरक्षकत्वको प्रावधानका कारण त्यसो हुन नसकेको बताइन् । उनले संरक्षकले अस्थायी बन्ध्याकरण उपकरण हटाउन नदिएको दावी समेत गरेकी छन् ।

“यो संरक्षकत्वले मलाई फाइदाभन्दा हानि गरेको छ। म खुसी छैन, म सुत्न सक्दिन, म धेरै आक्रोशित छु र म दिनदिनै रुन्छु” उनले भनेकी छन् ।

अमेरिकामा मानसिक स्वास्थ्यका विभिन्न समस्याका कारण आफ्नो लागि निर्णय गर्न असमर्थ व्यक्तिलाई अदालतले संरक्षकत्व प्रदान गर्न सक्छ। स्पियर्सको संरक्षकत्वका दुई पाटा छन् । पहिलो उनको सम्पत्ति र वित्तीय गतिविधि र अर्को व्यक्तिको रूपमा उनी । उनले सन् २००८ यता आफ्नो सम्पत्ति चलाउन पाएकी छैनन्।

जेमी स्पियर्स सुरुमा दुवै पाटाका संरक्षक थिए तर सन् २०१९ मा स्वास्थ्यका कारणले उनी छोरीको व्यक्तिगत मामिलाको संरक्षकबाट हटे । त्यो बेला जोडी मोन्टगोमेरीलाई सो जिम्मेवारी दिइयो जसलाई स्पियर्सले अहिले पूर्ण संरक्षकका रूपमा राख्न चाहेकी हुन् ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ४ : ४८ बजे