४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

असारै यादमा


Ang

१२ असार २०७८, शनिबार  

0
Shares

गजल
सकुन ज्ञवाली
असारै मा हिलो छ्यापी रमाएको याद आयो
खोला तर्दा मैले खुट्टा कमाएको याद आयो
असारे त्यो भाका हाली गैरी खेतमा रोपाई गर्दा
हातै भरी बिउका मुठा समाएको याद आयो
बाउसे दाई ले आली कान्ला थुपारेर डिलमा हिलो
गरा  भरी टम्म  पानी  जमाएको याद  आयो
बीउका मुठा पुग्न दिने निहु पारेर सोल्टी ज्यु ले
प्रेम  पत्र  यिनै   हातमा  थमाएको  याद आयो  |

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ३३ बजे