२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

अमेरिकामा शेर्पा किदुगले मनायो रजत जयान्ती


Ang

२४ असार २०७८, बिहिबार  

0
Shares

अमेरिका स्वतन्त्र दिवस जुलाई ४ अमेरिकाबासीहरुले रमाइलो गर्ने विशेष दिन हो । त्यो दिन प्रायजसो पुर्वनिर्धारित योजना अनुसार परिवार र साथीहरुसंग रमाइलो गदै आएका छन । अरु जस्तै स्वतन्त्रता दिवस मात्र मनाउदै आएको नेपाली अमेरिकन शेर्पा समुदायले भने यस पटकको जुलाई ४ फरक तरिकाले मनाएका थिए । यस पटक अमेरिका स्वतन्त्रता दिवसको खुसीयालीसंगै उनीहरुले आफनै समुदायको सस्था शेर्पा किदुग स्थापना भएको २५औको रजत जयाती मनाएर थप रमाएका थिए ।


नेपाल र अमेरिकामा महत्वपुर्ण सामाजिक कार्य गरि लोकपि्रयता कमाउदै आएको किदुगले रजत जयान्ती न्युयोर्कमा खरिद गरेको आफनै जग्गामा मनाएको थिए । वालकिलस्थित फराकिलो जग्गामा फैलिएको जग्गामा विहानीपख धर्मगुरुहरुको पुजापाठसंगै किदुगको पदाधिकारीहरु अतिथिहरुको स्वागत सत्कारमा व्यस्त थिए । कार्यक्रम परिसरमा विश्वमा परिचित शेर्पाको परिचय झल्कने गरि बनाएको सगरमाथा, आधारशिविर र आरोहीहरुको उपस्थितिले अतिथिहरुलाई थप हाषिर्त तुल्याएको थियो । ५ सय भन्द बढि अतिथिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल, अमेरिका र बुद्धको झण्डतोलन गरि किदुगको रजत जयान्तीको उदघाटन गरेका थिए ।


संयुक्त राष्ट्र संघको लागी नेपालको स्थायी प्रतिनिधि अमृत राईको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा धर्म गुरुहरु, विभिन्न सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थिए । ‘ अमेरिकामा नेपाल र नेपालीको परिचय दिने गरि शेर्पा किदुगले हासिल गरेको सफलताले हामी नेपालीलाई गौरन्तवीत तुल्याएको महसुस भयो ‘ राष्ट्रसंघका स्थायी प्रतिनिधि राईले भने-‘ अमेरिका स्वतन्त्रता दिवसको विशेष दिनमा किदुगले मनाएको रजत जयान्तीले थप रौनक दिएको छ ‘ । यस पटकको रजत जयान्ती किदुगको अध्यक्ष छिरिङ शेर्पाको नेतृत्वमा भएको थियो ।

‘ न्युयोर्कको पुरानो र गौरवशाली सस्था शेर्पा किदुगको रजत जयान्ती विशेष दिनमा शुभारम्भ गर्न पाउदा हामी निकै हर्ष र गौरन्वीत भएका छौ’ शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पाले एभरेष्टटाइम्सलाई भने-‘ प्रवासमा हामी सबैको मेहनेतले यहासम्म अघि बढेको किदुगलाई अझै थप उचाईमा पुर्‍याइ अमेरिका र नेपालको हितमा थप सेवा गर्ने लक्ष्य लिएका छौ’ । उनी शेर्पा किदुगको इतिहासमा अध्यक्ष हुने पहिलो महिला हुन ।

न्युयोर्कबाट करिब डेट घण्टाको दुरिमा रहेको स्थानमा किदुगले रजत जयान्तीको दिन चारैतिर ध्वजापताका टागेर , वीचमा राष्ट्रपतिको कार्यालयबाट दिएको झण्डा फफराएर छेउमा सगरमाथा आधारशिविर खडा गरिएको थियो । त्यस्तै किदुग अन्र्तगतको विभिन्न सहयोगी सस्थाहरुले स्टलहरु समेत राखिएको थियो । कार्यक्रममा लामा गुरुहरुको धार्मिक नृत्य, शेर्पा रिगसुङ लोप्टाको कलाकारहरु, अपस्टेट न्युयोर्क र जीटिके समुहले शेर्पा लोक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा किदुगको पुर्व अध्यक्षहरुको उपस्थितिमा केक काटेर २५ औ बाषिर्कोत्सव शुरुवात गरेका थिए ।

‘ शेर्पा किदुगले अमेरिकी नेपाली समुदायमा गदै आएको नमुना कार्यहरुकै कारण लोकपि्रय सस्था बनेकोमा गौरव लागेको छ  ‘ किदुगका पुर्व अध्यक्ष लोप्साङ ठिन्ले सालाका शेर्पाले भने-‘ विभिन्न महत्वपुर्ण सामाजिक कार्य गरि लोकपि्रयता कमाउन सफल किदुग स्थापनादेखि यहासम्म ल्याइपुर्‍याउनेहरु र सहयोगीहरु सवै धन्यवादको पात्र बनेको छ ‘ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : १० बजे