राउटे जीवनशैलिको उपन्यास ‘कदम’ सार्वजनिक

२०७८ असार २९, मंगलवार ०५:२९

पत्रकार अनन्त वाग्लेद्वारा लिखित उपन्यास कदम हालै बजारमा ल्याएको छ । बाल साहित्य तथा किशोर साहित्यका पुस्तक प्रकाशन गर्दै आइरहेको काठमाडौ पब्लिकेसन प्रा.लिले उक्त पुस्तक प्रकाशन गरेको हो । यस संस्थाले पहिलो पटक मूल प्रवाहको उपन्यास बजारमा ल्याएको जनाएको छ ।

जंगलका राजा भनेर चिनाउने राउटे समुदायका बारेमा गैरआख्यान पुस्तक प्रकाशित भए पनि आख्यानका रूपमा सम्भवतः यो पहिलो प्रयास भएको पब्लिकेसनले जनाएको छ । बाल तथा किशोर साहित्यमा ५० भन्द बढि पुस्तक र कैयौ पुस्तक सम्पादन गरिसकेका पत्रकार वाग्लेको यो पहिलो उपान्यास हो ।

उपन्यासकारले स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूको सुखदुःख, परिवार, जीविका, प्रेम र प्रणय लगायतका अनेक पाटा केलाएर लामो समय खर्चेर लेखिएको प्रकाशन संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका जिल्लामा जङ्गलमा बसोबास गदै आइरहेका छन । यस समुदायलाई एसियाकै अन्तिम फिरन्ते भनेर पनि चिनिन्छ । ३ सय १६ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपैया रहेको छ । लेखकले पुस्तकबाट प्राप्त रकम राउटे समुदायको हितमा खर्चने पुस्तकमै घोषणा गरेको जनाएको छ ।

सम्बन्धित समाचार