८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

एनआरएन नर्थ क्यारोलिना च्याप्टरको जिम्मेवारी हस्तान्तरण


Ang

४ श्रावण २०७८, सोमबार  

8
Shares

प्रबासी नेपालीहरुको संस्था एनआरएनए नर्थ क्यारोलिना च्याप्टरले नवनिर्बाचित कार्यसमितीलाई जिम्मेवारी हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टर नवनिर्वाचित अध्यक्ष बाशुदेब भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नर्थ क्यारोलिनाका बिभिन्न शहरहरुमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती भएको थियो ।

कार्यक्रममा च्याप्टरका निबर्तमान अध्यक्ष कुलानन्द शर्माले वितेको दुई बर्षे कार्यकालमा गरेका कार्यप्रगती विवरणका साथै आर्थिक हिसाब किताब प्रस्तुत गरेका थिए । त्यस्तै बर्तमान अध्यक्ष भट्टले नर्थक्यारोलोना राज्यमा बसोबास गदै आएका नेपाली समुदायको हितमा गरिने विभिन्न भावी कार्ययोजनाहरुको बारेमा जानकारी दिएका थिए । अध्यक्ष भट्टसंग यस अघि सचिवको रुपमा एक कार्यकाल कार्य गरिसकेको अनुभव रहेको छ । उक्त अवसरमा समाजका बिभिन्न क्षेत्रका ब्यक्तिहरुले नवनिर्वाचित कार्यसमितीलाई बिभिन्न सुझाबसंगै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा शुभकामना दिनेहरुमा एनआरएन एनसिसिका पुर्व बरिष्ठ उपाध्याक्ष कृष्ण पोखरेल, एनसिएनसिका अध्यक्ष रविन्द्र कार्की, साहित्यकार डा ऋृषी बास्ताकोटी, डा हरिहर भट्टराई, आरपी पौडेल, ट्रगलसिटिका अध्यक्ष शिब बिष्ट, नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, जन सम्पर्क समिति नर्थक्यारोलिनाका अध्यक्ष डा चिरिन्जीवि भट्टराई, नागेन्द्र न्यौपाने, भुमेश्वोर सापकोटा, लगायत रहेका छन ।

एनआरएनए नर्थ क्यारोलिना च्याप्टरमा अध्यक्ष बाशुदेब भट्टको नेतृत्वमा उपाध्यक्ष बिशाल भारती, सचिब जितमान बस्नेत, सहसचिब् सागर गौतम, कोषाध्याक्ष सुदन थापा, युवा संयोजक केशब खनाल, महिला संयोजक अनिता कोइराला, सदस्यहरु इन्दिरा सापकोटा, इन्दिरा आर्याल, रन्जित आले, दीपेन्द्र बिष्ट, चक्रपाणी अधिकारी निर्वाचित भएका हुन । नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई अध्यक्ष भट्टले सपथ दिलाएका थिए । कार्यक्रम सचिव जितमान बस्नेत सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : २७ बजे