काठमाडौँ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप जोन्सन एण्ड जोन्सन सोमबारदेखि मुलुकभर लगाउन सुरु गरिएको छ । एक मात्रा लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउन थालिएको हो । त्यसका साथै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइँदै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार अत्तरखेलस्थित अर्थोपेडिक अस्पताल पुगेर यो खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका हुन् उनका साथमा अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।
अमेरिकाले गतसाता १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप गत साता काठमाडौं आइपुगेको थियो । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो ।