३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

माधव नेपालसहित २२ सांसदलाई एमालेको २४ घण्टे स्पष्टिकरण



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित नेकपा एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

जारी रहेको एमाले केन्द्रीय कमिटीको बैठकले सोमबार नै स्पष्टिकरण सोध्ने निर्णय गरेको भएपनि बुधबार मात्र पत्र पठाइएको हो ।

पार्टीको हितविपरीत विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टीकरण सोधेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ०१ बजे