गठबन्धन सरकारको साझा कार्यक्रम: लिम्पियाधुरा, कालापानी र लिपुलेक समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने

२०७८ श्रावण २४, आईतवार १७:५६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन पार्टीका नेताहरुको उपस्थितीमा सरकारले न्यूनतम साझा कार्यक्रम आइवार सार्वजनिक गरिएको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए ।

शीर्ष नेताहरुले यसअघि सार्वजनिक न्यूनतम साझा कार्यक्रममा रहेका केही विवादित विषय हटाएका छन् भने केही लोकप्रिय विषय समेटिएका छन् ।

यसअघि स्थानीय तहलाई प्रदेश माताहात ल्याउने भनिएकोमा त्यसलाई संशोधन गरेर ‘प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने’ उल्लेख गरिएको छ । त्यस्तै यसअघि ‘समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने’ उल्लेख गरिएकोमा आइतवार सार्वजनिक गरिएकोमा ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकसँग समाधान हुन बाँकी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने’ भनेर उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार