१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

फिप्ना कप २०२१ सम्पन्न, भलिबलको उपाधी नेपस्टार डालस टेक्सास र फुटबलको उपाधी न्यूयोर्क फुटबल क्लबलाई



न्युयोर्क । २७ औ विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा फिप्ना कप भलिबल तथा फिप्ना कप फुटबल प्रतियोगिता आयोजना गरेको छ । न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७-८ सम्म आयोजित प्रतियोगिता हालसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकले जनाएको छ ।

१४ टिम सहभागी भएको भलिबल खेलको उपाधी नेपस्टार डालस टेक्सासले जितेको छ भने तमु गुरूङ सोसाइटी दोस्रो भएको छ । त्यस्तैगरी १८ टिम सहभागी फुटबलमा न्यूयोर्क फुटबल क्लब प्रथम भएको छ भने याक फुटबल क्लब दोस्रो भएको छ । विजेता खेलाडीहरूलाई क्रमश प्रथम पुरस्कार नगत पांच हजार डलर र दोस्रो तीन हजार डलर , कप , मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

फिप्नाद्वारा आयोजित फिप्ना कप भलिबल र फुटबल २०२१ को संयोजक तथा व्यवस्थापनमा फुटबलतर्फ सुमन थामेसुहाङ तथा सहसंयोजकहरू – वाङला लामा , कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्वी गुरूङ रहेका थिए । त्यस्तै भलिबल खेलको संयोजक याम पुन र सहसंयोजकहरू क्रमश: हरि राना , जित गुरूङ, मनप्रसाद रोक्का , पासांङ लामा, ईन्द्र थापा , सुजल छन्त्याल, दिप बहादुर रानामगर, विकास घर्तीमगर रहेका थिए ।

दुई दिनसम्म सन्चालन भएको फिप्ना कप २०२१ ले नेपाली अमेरिकन समुदायमा युवा तथा खेलकुदको माध्यममार्फत नेपाली अमेरिकन पहिचान स्थापित गराउनेवकाम गरेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले बताए । फिप्ना कप २०२१ लाई न्यूयोर्क राज्य सभा सदस्य मा. जेनिफ़र राजकुमार, नेपाली महावाणिज्य दुतावासका का.व महावाणिज्य दुत विष्णु प्रसाद गौतम, ब्रुक्लिङ बोरो प्रेसिडेण्ड एरिक एडम , एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीलगायत विभिन्न नेपाली अमेरिकन समुदायमा क्रियाशील संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
प्राविधिक टोली , स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागिता र सहयोगले फिप्ना कप २०२१ खेल महोत्सवको रूपमा सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : १७ बजे