काठमाडौं । माधव नेपाल समूहले नयाँ पार्टी खोल्ने निर्णय गरेको छ । राष्ट्रपति बिद्या भण्डारीले केन्द्रिय समितिको वा संसदको २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश जारी गरेपछि नेपाल पक्षले नयाँ पार्टी दर्ता गरेको हो ।
योसँगै एमाले औपचारिक रुपमा फुटेको छ । पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखिएको छ । पार्टीको अध्यक्ष माधव नेपाल रहेका छन् ।
एमालेले मंगलबार कारवाही गरेको नेता नेपालसहित १४ जना सांसदलाई कारवाही नर्गन माग गर्दै संसद सचिवालयमा निवेदन दिएको छ ।









