३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन



काठमाडौं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।

कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए । उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य पनि थिए । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उहाँ वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष थिए ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको बिहीबार अन्तिम् संस्कार गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  २ : १३ बजे