१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

माधव नेपाल र महन्थ ठाकुर दुवैको पार्टीको नाम परिवर्तन



काठमाडौं । माधवकुमार नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा दर्ताका लागि दिएको दलको नाम परिवर्तन गरेका छन्। निर्वाचन आयोगले दुवै पक्षलाई पहिलेको नाममा दल दर्ता नहुने बताएपछि नाम परिवर्तन गरिएको हो ।

एमालेबाट फुटेर बनेको नेपाल पक्षले नेकपा एमाले समाजवादी र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा दल दर्ताको गराउनका लागि निवेदन दिएको थिए । शुक्रबार परिवर्तन गरेर नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी पार्टी बनाउन निवेदन दिएका छन् ।

जनता समाजवादी पार्टीले आफ्नो नाममा पछाडी झुण्ड्याएर पार्टी दर्ता गराउन खोजेको भन्दै विरोध गरेकाो थियो । त्यसपछि निर्वाचन आयोगले नाम परिवर्तनको लागि भनेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : ५५ बजे