२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काबुल आक्रमणमा १३ अमेरिकी सैनिकसहित ९० को ज्यान गयो



काठमाडौं । अफगानिस्तानबाट फर्कन केही दिन मात्र बाँकी हुँदा अमेरिकी सैनिकले ठूलो क्षति व्यहोर्नु परेको छ । बिहीबार भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित ९० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकफ छ । थप १५० भन्दाबढी घाइते भएको समेत बताइएको छ ।

तालिवानले कम्तीमा २८ जना आफ्नो सदस्य मारिएको बताएको छ । अमेरिकी अधिकारीहरुले विगत केही दिनदेखि हाल अमेरिकीसहित बहुराष्ट्रिय सेनाको नियन्त्रणमा रहेको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती आक्रमण हुनसक्ने बताउँदै आएको थियो । नभन्दै विमानस्थलको एउटा गेट नजिकै बिहीबार दुई शक्तिशाली आत्मघाती विष्फोट गराएकझ हो ।

राजधानी काबुलसमेत तालिवानले कब्जा गरेपछि अफगानिस्तान छाड्न चाहने विदेशी तथा स्वदेशीको विमानस्थालको ठूलो भीड लागेको छ । त्यही भीडमा आक्रमण भएको हो ।

अमेरिकी अधिकारीहरु विमानस्थलभित्रै आक्रमण हुन सक्ने भन्दै सतर्क रहेको बताएका छन् । “तयारी गर्नका लागि हामीले सबै कुरा गरिरहेका छौँ,” उनीहरुले भनेका छन् ।

तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको पनि बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन् भने आक्रमणकारी लागि खोजीखोजी सिध्याउने प्रतिबद्धता जाहेर गरेका छन् । बिहीबारको आक्रमणको जिम्मेवारी ‘आईएसआईएस-के’ भन्ने आतंकवादी समूह लिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ४९ बजे