अमेरिकाले नेपाललाई दिंदै आएको टिपिएसको म्याद १५ महिनाको लागी थप गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले जनाएको छ । नेपालमा गएको भुकम्पको कारण सन २०१५ को जुन २४ तारिखदेखि दिंदै आएको टिपिएसको म्याद आगामी ३१ डिसेम्बर २०२२ सम्मको लागि थप गरिएको हो ।
टिपिएसको यो सुविधाको म्याद थपसंगै हालका टिपिएस वाहकहरुले आफना टिपिएस सम्बन्धि कागजातहरुलाई नविकरण गर्नु पर्ने छैन । सबै स्वतः थप हुने कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।
उनका अनुसार यो अवधीमा कसैको वार्कपरमिटको म्याद सकिएको र वर्कपरमिट चाहिएमा भने उनीहरुले प्रोपर गर्भमेन्ट फिसहितको फर्म आईसेभेन सिक्स फाईभ युएसआइएसमा पेश गर्नु पर्नेछ । एडभान्स परोलको हकमा पनि सोहि अनुसार नै हुनेछ । नेपालसँगै एलसाल्भाडोर, होन्डुरस, निकारागुवा र सुडानको टिपिएस सुविधाको पनि म्याद थपिएको हो ।