१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप



काठमाडौं । सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप ल्याइ पुर्‍याएको छ ।

नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्रा यसअघि नै ल्याइ सकेको थियो ।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो ।

चीनबाट यसअघि १६ लाख डोज अनुदानमा र ४० लाख डोज खरिद गरेर ल्याएको थियो । थप खोप खरिदका लागि कुराकानी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : ५६ बजे