६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

नेवा गुठी न्युयोर्कमा विजयमान सिंह



 

  • न्हुच्छेनारायण डंगोल

न्युयोर्क । नेवा गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक प्रमुख अतिथि बीके नेवाले पानसमा बत्ती बाली कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गरेका थिए भने सचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष हृदय तुलाधरले वार्षिक आयव्यय वितरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्वअध्यक्षहरु आदित्य महर्जन, समीर महर्जन, धर्मेन्द्र गोपाली, संस्थापक उपाध्यक्ष न्हुच्छेनारायण डंगोल, मीन नकर्मी, प्रकाशधर तुलाधर र अन्जन श्रेष्ठले नेवा गठीको अवश्यकता र यसको महत्वबारे प्रकाश पारेका थिए । उनीहरुले नेपालमा सरकारले नेवाहरुको कला संस्कृति मास्ने काम गरेकोमा आपत्ति जनाउँदै नेवाहरुको कला र संस्कृति जोगाउन देश विदेशमा रहेका सम्पूर्ण नेवाहरुलाई एकजुट हुन आह्वान पनि गरे ।

अध्यक्ष निर्मल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले आफूले गरेका कामबारे प्रकाश पार्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै नयाँ कार्यसमितिको सफलताको कामना गरे ।

उनले कार्यक्रम सफलताको लागि विभिन्न सामग्री लगायत खानाको व्यवस्था गर्ने नेपा फेसन हाउस, समीर महर्जन, सूर्य महर्जन, नेपाल आदिवासी जनजाति महासंघलाई धन्यवाद दिए ।

नयाँ कार्यसमितिको अध्यक्षका लागि विजयमान सिंह र सुवर्णकुमार शाक्यले उम्मेदवारी दिएका थिए । नयाँ कार्य समिति चयनका लागि निर्वाचन प्रमुख भएका पूर्वअध्यक्ष समीर महर्जनले प्रजातान्त्रिक तरिकाले निर्वाचन गराएका थिए ।
निर्वाचनमा विजयमान सिंहले अत्यधिक मत ल्याई अध्यक्षमा विजयी भए । कार्यसमितिका अन्य सबै पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भए ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा अतिथिहरुलाई नेवारी परम्परा अनुसार उसिनेको अण्डा, माछा र रक्सीको सगुनसहित टीका र खादा प्रदान गरिएको थियो । महिलाहरुको विशेष भूमिका रहेको सो कार्यक्रमको सञ्चालन सुवर्णकुमार शाक्यले गरेका थिए ।

महाधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षमा विजयमान सिंह, उपाध्यक्षमा राजेन्द्र महर्जन र राजन कर्माचार्य, महासचिवमा सन्तोष महर्जन, सचिवमा रामकृष्ण महर्जन, कोषाध्यक्षमा हृदय तुलाधार चयन भएका छन् भने सदस्यहरुमा मीनलाल नकर्मी, राजेन्द्र महर्जन, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सरिता श्रेष्ठ, वीरेन्द्र मानन्धर, सजना महर्जन, अशोक श्रेष्ठ र कविना महर्जन रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ५० बजे