४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

कांग्रेस नेता डा खड्का परराष्ट्रमन्त्री नियुक्त



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेही हुन् ।

खड्का प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । राष्ट्रसंघीय महासभा सुरुभइसकेको अवस्थामा सत्तारुढ गठबन्धनले सरकारलाई पूर्णता दिन नसकेपछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । खड्का छिट्टै राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ०० बजे