२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोजेकै हो त?



काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दरबार संग्रहालयको अवलोकनमा गएका रुकुम मुसिकोट–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्ने अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीलाई श्रीपेज राखेको सोकेस फुटाएर श्रीपेच झिक्न खोजेको आरोपमा सुरक्षाका लागि खटिएका सैनिक जवानले पक्राउ गरेर दरवारमार्ग प्रहरीलाई बुझाएको हो ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको जानकारी अनुसार रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न त्यही कक्षमा रहेको खुकुरी निकालेर सोकेस फुटाउन खोजेका थिए, सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।’

के घर्तीले साँच्ची नै चोरी लैजानका लागि सोकेस फुटाउन खोजेका हुन् त? प्रश्न उब्जिएको छ । किनभने यत्रो सुरक्षा घेराभित्र रहेको श्रीपेजलाई निकालेर बाहिर लैजान सक्ने कुनै संभावना देखिंदैन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ५५ बजे