६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

खाडी जानेलाई २५० र अमेरिका जानेलाई ५०० डलर सटही गरे पुग्ने



काठमाडौं । सरकारले विदेश जाने नेपालीहरुले गर्नुपर्ने डलर सटहीको सीमा घटाएको छ ।

मन्त्रिपरिषद् बैठकले असोज १३ गरेका निर्णय अनुसार खाडी, सार्क मुलुक, मलेसिया र थाइल्याण्ड जाने व्यक्तिले अब २५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरे पुग्ने भएको छ भने यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा भने न्यूनतम ५ सय अमेरिकी डलर सटही गरे पुग्ने भएको छ ।

यसअघि खाडीलगायतका मुलुकहरुमा जान ५ सय डलर र अमेरिकालगायतका देशहरुमा जानका लागि एक हजार अमेरिकी डलर सटही गरेको हुनु पर्थ्यो।

विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै ब्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाणपत्र आवश्यक पर्दै आएकोमा अब सार्क राष्ट्र, खाडी मुलुक, मलेसिया र थाइल्याण्डका हकमा न्यूनतम २५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्ने भएकव हव ।

यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा भने खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै ब्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण जरुरत पर्नेछ ।

यीबाहेक अन्य मुलुकका हमा पनि न्यूनतम पाँच सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण आवश्यक पर्नेछ । विदेशी मुद्रा क वर्गका बैंकबाट सटही हुनेछ। सटही गर्दा व्यक्ति स्वयम् उपस्थित भइ अनिवार्य आयस्रोत खुलाउनुपर्नेछ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ५ : ४८ बजे