विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला राखेको ऐतिहासिक दिन मेइ २९ तारिखको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवस यस वर्ष देखि न्युयोर्कको राजधानी आल्बानीमा मनाउने भएको छ । न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले शनिबार न्युयोर्कमा आयोजित बिशेष कार्यक्रममा घोषणा गरेका छन ।
नेपाल सरकारले मेई २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने निर्णय गरे पछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आई रहेको हो । स्मरणीय छ ,विगतका वर्षहरुमा यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास,अमेरिकन अल्पाइन क्लब, एक्सप्लोर क्लब,न्युयोर्क सिटि आइटबन्ड र शेर्पा किदुगको सहकार्यमा मनाउदै आइरहेका छन । न्युयोर्क एसेम्ब्ली मेम्बर जेनिफर राजकुमारले आगामी वर्ष देखि आल्बानीमा माउन्ट एभरेष्ट डे भव्यताका साथ मनाउनको लागि संघसस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरेर आयोजना गरेको कार्यक्रमले यो दिवसले थप उचाई प्राप्त गरेको क्लाइबर्स एसोसियसनले जनाएको छ । कार्यक्रममा सगरमाथा आरोहण क्रममा जीवन गुमाउने आरोहीहरुप्रति एक मिनेट मौनधारण गरि उहाहरुलाई स्मरण गरेका थिए ।
उक्त अवसरमा सगरमाथामा विभिन्न विश्व कीर्तिमानी कायम गरेका आरोहीहरुको साथै ६० जना साठी जना आरोहीहरुलाई एसेम्ब्ली मेम्बर राजकुमारबाट सम्मानपत्र प्रदान गरिएकेा थियो । त्यस्तै कार्यक्रम सफल पार्न दिन रात खट्ने सदस्य र स्वयंसेवक हरुलाई पनि एसेम्बलिमेम्बर राजकुमारले कदरपत्र प्रदान गरेका थिइन । कार्यक्रममा नेपाली महाबाणिज्यदुताबासका नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतम, क्वीन्स् बोरोका भाईस् प्रेसिडेन्ट रोन्डा विन्दा र नेपाली सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।