२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

नेकपा एसका अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि घर फर्किएका छन् ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका थिए । उनी स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिए ।

वरिष्ठ छातिरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५४ बजे