अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्वस्थ

२०७८ कार्तिक १, सोमबार १५:३४

अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उनी डिस्चार्ज भएको बताइएको छ ।

उनलाई निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन मेडिकल सेन्टरबाट डिस्चार्ज गरिएको सो अस्पताल प्रशासनले जनाएको समाचारमा बताइएको छ । पचहत्तर वर्षीय पूर्व राष्ट्रपति क्लिन्टनलाई गत बुधबार शरीरमा सङ्क्रमण भइ ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको ज्वरो नियन्त्रणमा आएको र शरीरबाट सङ्क्रमण हटेपछि अस्पतालबाट डिस्चार्ज गरिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

सम्बन्धित समाचार