१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

प्रधानमन्त्री देउवा ओलीप्रति आक्रोशित: पाँच न्यायाधीशले राजीनमा दिनु पर्ने ओलीको भनाई गैरजिम्मेवार



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले ”परमादेश जारी गरेका पाँचै न्यायाधीशले राजीनामा दिंदा हुन्छ” भनेकोमा आपत्ति जनाएको छ । उनले ओलीको भनाई गैर जिम्मेवारीपूर्ण रहेको बताए । साथै सर्वोच्चको परमादेशको बचाउ पनि गरे ।

”अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ” नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने ।

देउवाले केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले नदिएको उल्लेख गर्दै संविधानले नदिएको अधिकारलाई दुई/दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको बताए । साथै उनले पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको दावी गरे ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने पनि बताए । उनले भने, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल कांग्रेसकै नेता भएको समेत स्पष्ट पारे ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ५३ बजे