नेपाल सुनचादी रत्न आभूषण महासंघका अध्यक्ष स्व. रमेश महर्जनको १३ औ दिनको पुण्यतिथिमा न्युयोर्कमा श्रद्धाञ्जलि सभाको आयोजना गरी उहााप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा स्व मर्हजनको तस्बिरमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणले फूल चढाई तथा दियो बाली श्रद्धा व्यक्त गरेका थिए ।
न्युयोर्क नेवा गुठीद्धारा आयोजित कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । गुठीका अध्यक्ष विजयमान सिंहले स्व. महर्जनका बारेमा प्रकाश पार्दै स्व रमेश एक सफल ब्यापारीमात्र नभई असल समाजसेवी तथा नेपाली कला र संस्कृतिको संरक्षक भएको बताएका थिए । स्व. महर्जनले नेपालमा भूकम्पबाट तहसनहस भएका पाटनमा केही घरहरु नेवारी शैलीमा बनाउनुका साथै नेवारी खाजाघरको व्यवस्था गरिदिएका थिए । विभिन्न देशका राजदूतले ती संरचनको अबलोकन गरी प्रशंसा समेत गरेका थिए ।
नेपाल श्रीलंका मैत्री संघको अध्यक्ष लगायत विभिन्न मैत्री संघहरुमा रहेर कार्य गरेका स्व मर्हजनले नेपाली सुनचाादी र हिराका गरगहनाको ब्यापार अमेरिकामा प्रवेश गराएका थिए । कार्यक्रममा श्रद्धाञ्जलि अर्पण गर्नेहरुमा आदीवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोंग, कियाचुका अध्यक्ष सुमन लिम्बु, घ्याल्सुम्दो सस्थाका कोषाध्यक्ष छोन्जोम लामा, प्रवासी एकता मञ्चका कोषााध्यक्ष उमा तामांग, फिफनाका सदस्य सोनाम शेर्पा, न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, गुठीका भूपू समापतिद्धाय आदित्य महर्जन र निर्मल प्रधानलगायत गुठी परिवारले स्वं महर्जनप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।