१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

एभरेष्ट टाइम्स १४ औं वर्षमा प्रवेस: सबै सहयोगीहरुलाई नमन



प्रवासमा नेपाली भाषीहरुको लागि भनेर हामीले न्युयोर्कबाट शुरु गरेको एभरेष्ट टाइम्सले १३ वर्ष पुरा गरेको छ । सन २००८ को नोभेम्बर ७ बाट पत्रिका र अनलाइन दुबै एकैसाथ शुरु भएको एभरेष्ट टाइम्स विशेष गरी न्युयोर्कका रहेका नेपाली समुदायको प्रिय सञ्चार माध्याम बन्न सफल भएको छ ।

यो अवधिमा एभरेष्ट टाइम्सले न्युयोर्कलगायत अन्य विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायको गतिविधिहरुसंगै अमेरिकाको शिक्षा, स्वस्थ्य, अध्यागमन सम्बन्धि जानकारीमुलक समाचार र लेख रचनाहरु पस्कदै आइरहेका छ ।

कोभिड १९ को कारण विभिन्न पेशा व्यवसायमा परेको प्रभावसंगै यस वर्षदेखिन पत्रिका प्रकाशन कार्यलाई थाति राखेर अनलाइनलाई निरन्तर दिनुको साथै युट्युवमा भिडियो च्यानल सञ्चालनमा ल्याएका छौं । अमेरिकाको व्यस्तता बीच पत्रिका प्रकाशन गरि समुदायमा निशुल्क वितरण गर्ने सोच त्यति सहज थिएन तैपनि आफ्नो काम र परिवारलाई दिने समय छोट्याएर भएपनि समुदायको हितमा १२ वर्ष निरन्तर रुपमा यो कार्यमा जुटन पाउॅदा खुसी लागेको छ ।

यस अवधीमा हामीले सामुदायिक पत्रकारितासंगै बेला बेलामा आयोजना गरेको कार्यक्रमहरु मार्फत नेपालको दुर्गम जिल्लाको विभिन्न विद्यालयलाई केही सहयोग गर्ने मौका मिल्यो । हाम्रो सामुदायिक पत्रकारिता र सामाजिक कार्यमा साथ र सहयोग गर्ने सहयोगीहरु, विज्ञापनदाताहरु र पाठकहरुलाई हार्दिक नमन गर्न चाहान्छु । सामाजिक कार्यको लागि हामीले स्थापना गर्न लागेको एभरेष्ट टाइम्स फाउण्डेसनमा आगामी दिनहरुमा पनि यहांहरुको साथ र सहयोगको आशा लिएका छौं ।

धन्यवाद !

आङछिरिङ शेर्पा
प्रधान सम्पादक
एभरेष्टटाइम्स

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ४७ बजे